वीरगञ्ज - ग्लोबल बिजनेस कलेज वीरगञ्ज श्रीपुर द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कलेजको हलमा सम्पन्न भएको उक्त कार्यक्रममा २२ महिला सहित १०६ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नु हुनेमा हिमानी गुप्ता रौनियार,अमृता सराफ,विश्वजित चामारिया,अभिजित गुप्ता,सुमित ठाकुर,विष्णु साह कानु,बिक्की कुशवाहा,क्षितिज अधिकारी,अप्सना कुमारी यादव,सावित्री मंडल,आशिष गुप्ता,महेश साह,अभय गुप्ता,राहुल गुप्ता,निरज साह,आशिष रौनियार ,सन्दीप शाहओम प्रकाश शाह,सोनि साह लगाएतकाले रक्तदान गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी हाल निर्वाचित भएका नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलको आतिथ्यमा सम्पन्न भएको छ। भने विशिष्ट अतिथिमा बिरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाई, करण यादव, दिपु बर्णबाल,नेपाल रेडक्रस सोसाइटी रेसमकोठिका युवा संयोजक अभिलाष गुप्ता लगायतको उपस्थिति रहेको थियो।
कलेजका प्रीन्सिपल राम दासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संचालक अशोक सराफ,ओम श्रेष्ठ,निभा दासको पनि उपस्थिति रहेको थियोे।
प्राबिधिक सहयोगमा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे,राजन श्रीवासतव,जितेन्द्र कुश्वाहा लागाएतकाहरुको सहयोग रहेको थियो।