वीरगंज,— स्व. जननेता मदन भण्डारीको जन्मदिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन पर्साले नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको सहयोगमा वीरगञ्ज महानगरपालिका–२५ स्थित श्रीसिया ड्राइपोर्ट मन्दिरमा आज निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
शिविरमा वीरगञ्ज महानगरका विभिन्न वडाहरू — क्रमशः २५, १७, २६, २४, २३ — का करिब १,००० जना नागरिकहरूलाई प्रत्यक्ष लाभ दिने लक्ष्य राखिएको छ।
शिविरमा नाक, कान, घाँटी, आँखा, दाँत, हाड–जोर्नी तथा नशा, चिनी र थाइराइडजस्ता हर्मोन रोगहरू सम्बन्धी परीक्षण तथा उपचार सेवा प्रदान गरिदै छ ।
स्वास्थ्य सेवा प्रदान गर्ने विशेषज्ञ चिकित्सकहरूमा फिजिसियन डा. प्रमोद सरार्फ, डा. चन्दन बेनर्जी, आँखा सर्जन डा. राजीव यादव, चिनी र थाइराइड रोग विशेषज्ञ डा. स्लेश्मा रिजाल, नाक–कान–घाँटी रोग सर्जन डा. अजय कुमार अस्थान, दाँत रोग विशेषज्ञ डा. शैलेश कुमार साह, र हाड–जोर्नी तथा नशा रोग विशेषज्ञहरू सामेल रहेका छन। सबै विशेषज्ञ चिकित्सकहरूले निशुल्क सेवा प्रदान गरीरहेका छन ।
कार्यक्रममा पूर्व मेयर विजय सरावगी, नेकपा एमालेका बिचारी यादव, नवराज शर्मा, हरेराम पटेल, वडा नं. १७ का अध्यक्ष सञ्जु छत्कुली, वडा नं. २० का अध्यक्ष रामकिशोर सिंह (पराग), वडा नं. २४ का अध्यक्ष विजय कुर्मी, र वडा नं. २५ का पूर्व अध्यक्ष बिश्राज कुर्मी लगायतको उल्लेखनीय उपस्थिति थियो।
मदन भण्डारी फाउन्डेसन पर्साले सामाजिक उत्तरदायित्व अन्तर्गत जनताको स्वास्थ्य पहुँच वृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।