वीरगञ्ज – वीरगञ्जस्थित महावीर मन्दिर परिसरमा नेपालका पूर्व स्वर्गीय राजा त्रिभुवन वीर विक्रम शाहदेव तथा पूर्व रानी कोमल राज्य लक्ष्मीको जन्मोत्सव श्रद्धा र सम्मानका साथ मनाइएको छ।
बिहीबार आयोजित सो कार्यक्रममा विभिन्न सामाजिक तथा राजावादी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम देश, धर्म तथा राजसंस्थाप्रति सम्मान प्रकट गर्ने उद्देश्यका साथ सम्पन्न गरिएको देश तथा राजभक्त समाजका अध्यक्ष दिपेन्द्र रौनियारले बताए।
कार्यक्रममा सहभागीहरूले राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पुर्याएको ऐतिहासिक योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
सो कार्यक्रममा दिपेन्द्र प्रसाद साह, महेन्द्र प्रसाद साह, पशुपति विक्रम शाह, उषा शाह, डा. रामभक्त ठाकुर, अब्दुल सतार अंसारी, विरेन्द्र थापा, अपु रामा शाह, राम नारायण शाह, शम्भु चौरसिया, रमिता माया गुप्ता, तथा कमल घिमिरे लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले राजा त्रिभुवनको राष्ट्र निर्माण तथा प्रजातान्त्रिक आन्दोलनमा रहेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गरेका थिए। साथै, यस्ता कार्यक्रमले इतिहासप्रति सम्मान प्रकट गर्नुका साथै राष्ट्रिय चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।