यूएईमा इरानी आक्रमणमा परि एक नेपालीसहित तीजनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिकसहित तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो । त्यस्तै आक्रमणमा परि ५८ जना घाइते भएका छन् ।
एमिराती, इजिप्टियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमनी, युगान्डाली, एरिट्रियन, लेबनानी र अफगानी नागरिकसहित ५८ जना सामान्य घाइते भएका हुन्।
यूएईले अहिलेसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनको सामना गरेको जनाएको छ।
आक्रमणको दोस्रो बिहान मात्रै २० वटा ब्यालेस्टिक मिसाइल ध्वस्त पारिएका थिए भने आठ वटा मिसाइल समुद्रमा खसेका थिए। साथै दुईवटा क्रुज मिसाइल र ३११ वटा ड्रोन नष्ट गरिएको जानकारी दिइएको छ। यद्यपि २१ वटा ड्रोन नागरिक संरचनामा खसेर क्षति पुर्याएको यूएईको रक्षा मन्त्रालयले उल्लेख गरेको हो
इरानबाट यूएईतर्फ प्रक्षेपण गरिएका १६५ ब्यालेस्टिक मिसाइलमध्ये १५२ वटा ध्वस्त पारिएको र १३ वटा समुद्रमा खसेको जनाएको छ। त्यस्तै, दुईवटा क्रुज मिसाइल पनि पत्ता लगाएर नष्ट गरिएको छ।
कुल ५४१ वटा इरानी ड्रोनमध्ये ५०६ वटा अवरोध गरी ध्वस्त पारिएको र ३५ वटा देशभित्र खसेर भौतिक क्षति भएको छ।