इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइटर्सलाई ६५ रनले पराजित गरेको छ।
जारी आइपीएलमा सनराईज हैदराबादको यो पहिलो जित हो भने कोलकाता नाइट राइडर्सले लगातार दोस्रो पटक पराजय भएको छ ।
कोलकातास्थित इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रन बनाएको थियो।
सनराइजर्स हैदराबादले दिएको २२७ रनको विजय लक्ष्य पछाएको कोलकाता नाइट राइडर्स १६ ओभरमा १६१ रन बनाउँदै अल आउट भयो।
कोलकाता नाइट राइडर्सको लागि अंगकृश रघुवंशीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। कप्तान अजिन्क्य रहाणे ८ रनमा पेभेलियन फर्किदा अर्का ओपनर फिन एलेनले २८ रन बनाए। रिंकु सिंहले ३५, रमनदिप सिंहले १० र सुनिल नरेनले १२ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कोलकातालाई सस्तैमा रोक्न हैदराबादका बलर जयदेव उनादकटले ३ विकेट लिए। इशान मलिंगा र नितेश कुमार रेड्डीले समान २(२ विकेट लिँदा हर्ष दुबेले १ विकेट लिए ।
पहिलो इनिङमा ब्याटिङ गरेको सनराइजर्स हैदराबादका लागि हेनरिच क्लासेनले ५२ रनको अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
ओपनद्वय ट्राभिस हेड र अभिषेक शर्माले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। हेडले २१ बलमा ६ चौका र ३ छक्का सहित ४६ रन बनाए । अर्का ओपनर अभिषेक शर्माले २१ बलमा समान ४ चौका र ४ छक्का सहित ४८ रनको पारी खेलेका थिए। कप्तान इशान किशन १४ र नितेश कुमार रेड्डीले ३९ रन बनाएका थिए।
कोलकाता नाइट राइडर्सको लागि बलिङतर्फ ब्लेसिङ मुजरबानीले सर्वाधिक ४ विकेट लिए। वैभव अरोराले २ विकेट लिँदा कार्तिक त्यागी र अनुकूल रोयले १(१ विकेट लिए।
शुक्रबार आइपीएलमा एक खेल हुँदैछ । चेन्नई सुपर किङ्स र पन्जाब किङ्सबीच नेपाली समय अनुसार ७ ः ४५ बजे खेल हुनेछ ।