बीरगंज - पर्सा वाराको औद्योगिक करिडोर काे परवानीपुरमा शनिबारदेखि चाैथाे परवानीपुर गाेल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ ।
वीरगमहानगरपालिका वडा नम्बर २१ परवानीपुर खेल मैदानमा शुरू भएको फुटबल प्रतियोगिताकाे प्रमुख अतिथि लाेसपाका उपाध्यक्ष, मधेस प्रदेससभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र साेनलले उदघाटन गर्नुभयाे ।
परवानीपुर युथ क्लबका अध्यक्ष अख्तर अलि अन्सारीको अध्यक्षतामा भएको उदघाटन समाराेहमा वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष राधाकृष्ण राैनियार, परवानीपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष इब्राहिम मियाँ, पूर्व वडा अध्यक्ष अनिल राम, वडा नम्बर २१ का पूर्व वडा अध्यक्ष हबिब मियाँ, जिल्ला फुटबल संघ पर्साका अध्यक्ष अनिल कुमार गुप्ता लगायत विभित्र संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेकाे थियाे ।
आजकाे पहिलाे उद्घाटन खेलमा आयाेजक परवानीपुर युथ क्लब र राेमन फुटबल क्लबबीच भएको खेलमा रोमन फूटबल कल्ब हरिओन सर्लाही ले आयोजक टिम शक्ति यूवा कल्ब परवानीपुरलाई ० को बिरोध ३ गोलले पराजित गरेको छ । खेलको मन अफ माच रोमन फूटबल कलब हरिवनका जर्सी न ७ का बिनु मगरलाई आजका प्रमुख अतिथि मा. जितेन्द्र सोनलले नगद ५ हजार सहित मेड्लद्वारा संमान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथिहरूलाइ आयोजक टिमका अध्यक्ष अलिअख्तर आलमले मायाको सहित सम्मान गरेका थिए ।
भोलीको खेल हेटौंडा फूटबल कल्ब मकवानपुर र नव जन जगृती कल्ब सिमरा बिच दिउँसो ३ बजे हुने आयोजक टिमका त्रिशक्ति चौथो परवानीपुर फूटबल कल्बका प्रेस संयोजक सबदर हुसेनले जानकारी गराएका छन ।