वीरगञ्ज - एसईई तथा कक्षा १२ पश्चात के अध्ययन गर्ने र कुन शैक्षिक संस्थान रोज्ने भन्ने सन्दर्भमा मार्गदर्शन गर्नका लागि शनिबार वीरगञ्जको सोल्टी गार्डेन होटलमा एक दिने क्यारीयर काउन्सिलिङ तथा शैक्षिक सेमिनार कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
एजुकेशन म्याट्रिक्स कन्सल्टेन्सीको आयोजनामा भएको सो कार्यक्रमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नजम अली थिए । कार्यक्रममा मुख्य अतिथि देवेश मानवसेवा तथा विशेष अतिथि पारुल विश्वविद्यालय (भारत)का प्रतिनिधि विश्वराज परमार रहेका थिए ।
सेमिनारमा वीरगञ्जका विभिन्न विद्यालय तथा कलेजका कक्षा १० र १२ का विद्यार्थीहरू, साथै एजुकेशन म्याट्रिक्स इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
१६० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरू सहभागी रहेको यस सेमिनार पारुल विश्वविद्यालय (वडोदरा, गुजरात) को प्रायोजनमा सम्पन्न भएको थियो।
कार्यक्रमको दौरान पारुल विश्वविद्यालयका प्रतिनिधि विश्वराज परमारले विश्वविद्यालयको उत्कृष्ट रैंकिङ, अन्तर्राष्ट्रिय स्तरका शैक्षिक सुविधाहरू, गुणस्तरीय शिक्षण पद्धति तथा किफायती शुल्क संरचनाबारे सहभागीहरूलाई विस्तृत जानकारी गराए।
उनले नेपाली विद्यार्थीहरूका लागि डिप्लोमा, ब्याचलर र मास्टर्स तहका इन्जिनियरिङ, मेडिकल र म्यानेजमेन्ट कार्यक्रमहरूमा ५०% छात्रवृत्ति उपलब्ध गराइने घोषणा पनि गरे।
हाल पारुल विश्वविद्यालयमा ७० भन्दा बढी देशका ४,०००+ अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनरत छन् भने, २,००० भन्दा बढी नेपाली विद्यार्थीहरू समेत त्यहाँ अध्ययनरत रहेको जानकारी दिइएको थियो।
पारुल विश्वविद्यालयबाट अध्ययन पूरा गरेका धेरै नेपाली विद्यार्थीहरू अहिले नेपालमै विभिन्न क्षेत्रमा राम्रो प्रगति गर्दै सफल करियर निर्माण गरिरहेका छन्।
कार्यक्रमले विद्यार्थी तथा अभिभावकहरूलाई विदेश अध्ययनका अवसर र करियर निर्माणका विकल्पहरूबारे महत्वपूर्ण जानकारी र दिशानिर्देश दिएको सहभागीहरूको भनाइ थियो।