वीरगंज / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने बिर्ता–४ मा आज राप्रपा पर्साद्वारा आयोजित पार्टी प्रवेश तथा बुथ कमिटी गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम इन्द्र मानन्धरको अध्यक्षता तथा पूर्व मन्त्री राजीव पराजुलीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का पूर्व वडा सदस्य राजकुमारी देवी र श्री सरस्वती देवी सहित सयौं स्थानीय Gen–Z युवाहरूले राप्रपामा औपचारिक रूपमा पार्टी प्रवेश गरेका छन्।
राप्रपा पर्साले नव–प्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै उनीहरूको सक्रिय सहभागिताले संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
सो अवसरमा बिर्ता क्षेत्रमा रहेका २ वटा बुथमा बुथ कमिटी गठन गरिएको छ।
बुथ नं. १ का अध्यक्ष इन्द्र मानन्धर सहित ७ जना सदस्य रहेका छन भने बुथ नं. २ का अध्यक्ष बैधनाथ प्र. गुप्ता सहित ७ जना सदस्य रहेका छन।
दुवै बुथ कमिटीका पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नन्दु श्रीवास्तवले आगामी निर्वाचनका लागी संगठनलाई बलियो बनाउने, घरदैलो अभियान तीव्र पार्ने र जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नव–निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै उनले बिर्ता क्षेत्रमा पार्टीको जनसमर्थन अझै विस्तार हुने विश्वास व्यक्त गरे।