वीरगंज । पर्साको निर्वाचन क्षे नं ३ मा नेकपा एमालेका उम्मेदवार रुपेश पाण्डेको बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेन ।
सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुयाल, नित्यानन्द पाण्डेयको संयुक्त इजलाशले स्वय पाण्डेको पक्षमा भने आशीक अन्तरिम आदेश जारी गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल यादवले पाण्डेको उम्मेदवारी खारेजीको माँग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनवाई गर्दै अदालतले अन्तरिम आदेश जारी नहुने भनेको हो ।
यादवले पाण्डेले उम्मेदवारको रुपमा निर्वाचन सहभागी हुन नपाउनकालागि अन्तरिम आदेश समेत माँग गरेका थिए ।
उम्मेदवार पाण्डेले भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको केन्द्रीय कार्यालय दरवारमार्ग , कर्जा सुरक्ष केन्द्र निर्वाचन आयोगको केन्द्रीय कार्यालय र निर्वाचन अधिकृतको कार्यालय पर्सा क्षेत्र नं ३ लाई बिपक्षी बनाई अन्तरिम आदेश माँग गरेका थिए ।
अदालतले पाण्डेको पक्षमा भने आशीक अन्तरिम आदेश जारी गरेको छ । यो आंशीक अन्तरिम आदेशसंगै पाण्डे पूर्ण रुपमा सुरक्षीत रहेका छन ।
अदालतको आदेशसँगै पाण्डेमाथि लाग्दै आएको कानुनी अनिश्चितता अन्त्य भएको छ भने एमाले वृत्तले यसलाई “सत्यको जित” र “राजनीतिक षड्यन्त्रको पराजय” का रूपमा व्याख्या गरेको छ।
पर्सा–३ मा अब चुनावी प्रतिस्पर्धा कानुनी विवादबाट मुक्त भई प्रत्यक्ष राजनीतिक मुद्दामा केन्द्रित हुने देखिन्छ। सर्वोच्चको आदेशपछि रूपेश कुमार पाण्डेको उम्मेदवारीले नयाँ ऊर्जा पाएको छ भने समग्र निर्वाचन प्रक्रिया थप स्पष्ट र प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।