वीरगञ्ज — प्राइवेट बोर्डिंग स्कूल्स आर्गेनाईजेशन नेपाल ( PABSON)को वीरगञ्ज र पर्सा इकाइको संयुक्त आयोजनामा होली मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा सहभागी शिक्षा क्षेत्रका अगुवाहरूले आपसी सद्भाव, एकता र सहकार्यको सन्देश आदान–प्रदान गर्दै निजी विद्यालयहरूबीच समन्वय र शैक्षिक गुणस्तर अभिवृद्धिमा संयुक्त प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वीरगञ्ज स्थित सिद्धार्थ National स्कूलको परिसरमा आयोजित कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त अध्यक्षता गरेका थिए।
कार्यक्रममा सहभागीहरूले एकअर्कामा अबिर लगाउँदै होलीको शुभकामना साटासाट गरेका थिए।
कार्यक्रममा प्याब्सन वीरगञ्जका प्रमुख सल्लाहकार आलोक चौरसिया, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याब्सन मधेशका उपाध्यक्षद्वय इमामुद्दिन अहमद र पूरण प्रधान, प्याब्सन मधेशका प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, सल्लाहकार मणि पाख्रिन तथा प्याब्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले होली पर्वले समाजमा आपसी सद्भाव, एकता र सहकार्यको सन्देश दिने उल्लेख गर्दै निजी विद्यालयहरूबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्याब्सन पर्साका सल्लाहकार हरिश्याम ठाकुर, पूर्व उपाध्यक्ष शिव गुप्ता, प्याब्सन वीरगञ्जका सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेललगायत प्याब्सनसँग आबद्ध विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहको सञ्चालन प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।
कार्यक्रम रंग, अबिर र शुभकामना आदान–प्रदानसँगै सम्पन्न भएको थियो।