कलैया : प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका बारा जिल्ला सभापति राजेश राय यादवले आफ्नै पार्टीका बारा–३ का उम्मेदवार फरमुल्लाह मन्सुरलाई असहयोग गरेको आरोपमा उनीविरुद्ध कारबाही सिफारिस गरिएको छ।
कांग्रेस बारा–३ का क्षेत्रीय सभापति प्रभातकुमार चौरासियाले जिल्ला सभापति यादवसहित पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लागेका ९ जनाविरुद्ध कारबाहीको सिफारिस गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिमा पठाइएको सिफारिसमा जिल्ला सभापति यादवसहित जिल्ला सदस्यहरू रवीन्द्र यादव (रोशन), रविकिरण साह, नाजिर अन्सारी, कलैया नगर सचिव सुरेश साह तेली, तरुण दल बारा कार्यवाहक अध्यक्ष दिपेन्द्र पटेल, मधेस प्रदेश सदस्य महम्मद अतिउरहमान पप्पु, अवधेश यादव र हरि यादवको नाम उल्लेख गरिएको छ।
यस्तै कारबाही सिफारिस गरिएकामा प्रदेशसभा क्षेत्र ३ (ख) का सभापति हरिप्रवेश यादव, उपसभापति श्रीनिवास यादव, उपसचिव केदार साह, कलैया उपमहानगरपालिकाका उपसभापति अम्बिका यादव, महाधिवेशन प्रतिनिधि बजरङ्गी साह, भोला राय यादव तथा बारा–२ का क्षेत्रीय सभापति रामप्रवेश यादव समेत रहेका छन्।